अट्वारी (Atwaari)

थारु जातिको पुरुषहरुको महान पर्व अट्वारी हो । यो पर्वमा थारुजातिका पुरुषहरु ब्रत बस्दछन् । यो पर्व अष्टिम्की को दोश्रो आइतबार पर्दछ । यो पर्व आइतबार परेको कारणले यो पर्वलाई अट्वारी भनिएको हो । यो पर्वमा भेवा (भिम) को पूजा गरिन्छ ।

[label type=”label” style=”default” title=”दर खाने ः”]

अट्वारीको  ब्रत बस्ने पुरुषहरुले राति भाले बस्नु भन्दा पहिले नै दर खाने चलन छ । दरमा माछा, गंगटा र घोंघी खाने चलन छ । यी तिन किसिमको परिकार चाहि अनिवार्य रुपमा दरमा खाने गरिन्छ । दर भाले बास्नु भन्दा पहिले नै खानु पर्दछ । यदि भाले बासी सकेपछि खायो भने जुठो मानिन्छ । खादा खादै भाले बास्यो भने दर नखाएर ब्रत बस्ने चलन पनि छ ।

[label type=”label” style=”default” title=”ब्रत बस्ने ः”]

दर खाएको भोलि पल्ट ब्रत बस्ने गरिन्छ । बिहान ब्रत बस्ने ब्रतालुहरुले धुहाई धुहाइ गरेर भेवाको पूजा गरेर ब्रत बस्ने ब्रतालुहरुले गन्यारी (एक प्रकारको काठ जसबाट आगो निकाल्न सकिन्छ) बाट आगो निकालेर बाल्ने गरिन्छ । त्यही आगोमा ब्रतालुहरुले खाने कुराहरु रोटीहरुको परिकार पकाउँदछन् । ब्रत बस्ने ब्रतालुले नै सबै परिकारहरु आफै बनाउछन् । सबै खानेकुरा बनाईसकेपछि ब्रतालुहरु पुनः नुहाएर भेवाको पूजा गर्दछन् । ब्रतालुहरुले सबै जना बसेर  खाने कुरा खानको लागि एकै ठाउँमा बसेर सबै परिकारहरु सबैलाई भाग लगाउँछन् जस्तै रोटी, काक्रा, अम्बा, केरा र दहि अनिवार्य हुन्छ । सबै भाग लगाएको खाने कुरा सबैजनाले दिदि बहिनीको नाममा  काहर्ना भनेको आफ्नो भागबाट बहिनीलाई दिएर मात्र खाने चलन छ । बहिनी दिदिको नाममा आफ्नो भागबाट दिएपछि मात्र खाने चलन छ । सबै जना ब्रतालुहरु खाईसकेपछि मात्र घरका अन्य सदस्यहरुले खाने चलन छ ।

[label type=”label” style=”default” title=”फलहारः”]

ब्रत बसेको भोलिपल्ट फलहार पर्दछ । फलहारको लागि गुडा, (गेडागुडी) कर्कलो, खेर्या, पवई, कैठा र सुकाको माछा अनिवार्य हुन्छ । फलहार  गर्नको लागि ब्रत बसेकाहरु नुहाएर भेवाको पुजा गरेर फलार गर्दछन् । फलार गर्ने बेलामा पनि बहिनी दिदि को लागि आफ्नो भागको खानेकुराको सबै परिकार निकालेर बहिनी दिदिलाई निकालेपछि मात्र खाने चलन छ । ब्रत बस्नेहरुले खाइसकेपछि अरुले खाना खाने चलन छ ।

[label type=”label” style=”default” title=”अगरासनः”]

अगरासन भनेको विहे गरेर गैसकेका चेली बेटीहरुलाई फलहार गरिसकेपछि दाजु भाईहरुले दिन जाने कोसेलीलाई अगरासन भनिन्छ । अगरासनमा अघिल्लो दिनको भाग र फलहारको भागमा थपेर दिन जाने चलन छ । यो दिन सबै चेलीवेटीहरुको ठुलो आसा हुन्छ । माइतीको कोसेली पर्खेर बसेका हुन्छन् । खोलो वा नदिले छेकेर दिन आउन नसकेपछि त्यति खेर चेलीवेटीहरु निकै दुखि हुन्छन् । अट्वारीमा भेवाको पुजा गरे पनि दिदि बहिनी र दाजुभाई बीचको पर्व हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.