अपराजित रहदै एपीएफ च्याम्पियन

काठमाडौं । विभागीय टिम नेपाल एपीएफ क्लबले १५ औं संस्करणको ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा बुधबार लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबमाथि ३-० को सेटमा जित निकाल्दै एपीएफले अपराजित रहदै उपाधि जितेको हो ।लगातार दोस्रो वर्ष च्याम्पियन बन्ने क्रममा एपीएफले पुलिसमाथि २५-२१, २५-२१ र २५-१९ को सेटमा जित निकाल्यो ।जितसँगै डबल राउण्ड रोबिनको आधारमा भएको लिगमा एपीएफले १४ खेलमा ४१ अंक जोड्यो । उपविजेता बनेको पुलिसले १४ खेलमा ३७ अंक जोड्यो ।उपाधिसँगै एपीएफले ४ लाख ५ हजार रुपैयाँ प्राप्त गरेको छ । पुलिसले भने २ लाख ५ हजार प्राप्त गर्यो । लिगमा आर्मी तेस्रो र न्यु डाईमण्ड स्पोर्ट्स क्लब चौंथो स्थानमा रह्यो । तेस्रो भएको आर्मीले १ लाख ५ हजार र न्यु डाईमण्डले ७५ हजार प्राप्त गरेको छ ।

apf champion
apf champion

बुधबार नै भएको खेलमा आर्मीले न्यु डाईमण्डलाई २५-२१, २५-१४ र २५-१४ को सेटमा पराजित गरेको थियो ।लिगमा पाचौं भएको चितवन टाईग्रेसले ५५ हजार र छैटौं भएको बुलबुल राराले ४५ हजार प्राप्त गरेको छ ।ढोरपाटन स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणको लिगपछि शीर्ष ७ टिम दोस्रो चरणमा पुगेका थिए ।सरस्वती चौधरी उत्कृष्ट स्पाइकर आर्मीकी सोफिया सर्वोकृष्ट खेलाडीपन्ध्रौँ संस्करणको ढोरपाटन डबल लिग महिला भलिबलमा त्रिभुवन आर्मीकी सोफिया पुन सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।

उनले एक थान स्कुटर प्राप्त गरिन् । यस्तै न्यु डायमण्ड स्पोर्टस् क्लबकी सलिना श्रेष्ठ ‘प्लेयर अफ दी इयर’ पुरस्कार प्राप्त गरिन् । उनले पनि पुरस्कारस्वरुप एक थान स्कुटर प्राप्त गरिन् ।नेपाल पुलिस क्लबकी उषा भण्डारीले उदीयमान खेलाडी तथा एपिएफकी बिनिता बुढाथोकीले ‘ग्रेट एचिभमेन्ट अवार्ड’ प्राप्त गरिन् । दुवै जनाले एक-एक थान स्कुटर प्राप्त गरे । प्रतियोगिताका भाग्यशाली दर्शक अनिल बुढाथोकीले समेत एक थान मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गरे ।

apf champion
apf champion

यसैगरी एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, एपीएफकै महेश चौधरी उत्कृष्ट प्रशिक्षक, न्यु डायमण्डकी अरुणा शाही उत्कृष्ट सेटर, आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर, पुलिसकी मनिषा चौधरी उत्कृष्ट सर्भर तथा पुलिसकै शान्तिकला तामाङ उत्कृष्ट डिफेन्डर घोषित भए ।

उनीहरुले जनही रु सात हजार पुरस्कार प्राप्त गरे । विजेता खेलाडी तथा प्रशिक्षकलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दलगायतले पुरस्कार वितरण गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.