अपिलले मिस नेपाल मलिनालाई थारु भेषभुषा सहित “झुम्की’ बनाउदै

सोमबार राजधानीमा एक पत्रकार भेटघाट आयोजना गरेर चलचित्र “झुम्की’को औपचारिक निर्माणको जानकारी गराइएको छ ।दासढुगां र ऋतु निर्माण गरेका निर्माता अपिल विष्टले चलचित्र “झुम्की”लाई निर्देशन गर्ने लागेका हुन् ।
पत्रकार सम्मेलनमा चलचित्र “झुम्की” विशुद्ध प्रेम कथामा बन्न लागेको र यो दाङ जिल्लाको थारु युवतीसँग प्रेम गर्ने प्रहरी कर्मचारीले भोगेका उतारचढावलाई कथामा समेटिने जनाएको थियो ।कमलरी प्रथाको वातावरणमा हुर्केकी एक युवतीको द्धन्द्धकालीन समयमा विताएको जीवन, उसका उदेश्यहरु, बाधा तथा सम्बन्धको कथालाई बिस्तृतमा बोल्ने निर्देशक अपिल विष्टले बताए । निर्देशक विष्टका अनुसार झुम्की एउटा सामान्य समाजको सामान्य मान्छेको प्रेम कथा हो, जुन समाजले भोगीआएको समयबाट प्रभावित छ ।
चलचित्र “झुम्की”मा सन् २०११ की मिस नेपाल तथा चलचित्र ऋतुकि नायिका मलिना जोशी शिर्ष भूमिकामा देखिदै छिन् । यता ‘ऋतु’ नायिका जोशीले पनि थारु युवतीको लवज देखि पहिरनसम्म आफ्नो लागि चुनौतीपूर्ण रहेको बताइन् ।चलचित्रमा मलिना जोशीको अलाबा मनोज आरसी, निश्मा गुरुङ ,दयाहाङ राई,भोलाराज सापकोटा, बिजय मल्ल, लुनिभा तुलाधर लगायतका कलाकारले अभिनय रहने छ ।
अपिल विष्ट फिल्मस र सिनेमा आर्टको प्रस्तुती रहने “झुम्की”लाई बिजय बिराज बिष्टले निर्माण गर्न लागेका हुन् । चलचित्रमा साम्तेन भुटियाको निर्माण परिकल्पना रहने छ भने सरिता केसीको प्रदीप आचार्य र सुशिल अधिकारीको समेत लगानी रहने छ । शैलेन्द्र डी कार्कीको छायांकन, पटकथ, कथा र संवाद रामबाबु गुरुङको रहने झुम्कीमा द्धन्द अष्ट मर्हजन तथा संगीत कालीप्रसाद बाँस्कोटाले दिने भएका छन् ।चलचित्र “झुम्की”यहि पौष २३ गतेबाट छायांकनको लागि फलोरमा जादैछ।

2 thoughts on “अपिलले मिस नेपाल मलिनालाई थारु भेषभुषा सहित “झुम्की’ बनाउदै”

  1. झु्मकी चलचित्रका सम्पूर्ण टिम (निर्दैशक, कलाकार, निर्माता ईत्यादि) लाई धन्यवाद। विशेष गरेर झुमकीका थरुनी चेली “मलिना जोशी” लाई धन्यवाद। यो चलचित्रले अत्यधिक सफलता हात पारून् भनी शूभकामना टक्र्याउन चाहन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.