
काठमाडौं, १९ भाद्र । नेकपा एमालेका मधेशी सभासद्हरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई १० बुदें ज्ञापन पत्र पेश गर्नु भएको छ । मधेशी सभासद्हरुले शनिवार अध्यक्ष ओलीलाई विभिन्न मागहरु राखी ज्ञापन पत्र पेश गरेको सभासद् सत्य नारायण मण्डलले जानकारी दिनु भयो । उहँँले प्रमुख रुपमा १० बुदें भित्र, विगतमा सरकारले विभिन्न समुदाय, वर्ग, जात जाति सँग गरेको सम्झौता र सहमतीको आधारमा संविधान बनाउन सुझाव दिएको बताउनु भयो । उहाँले प्रमुख रुपमा मधेश आन्दोलनबाट स्थापित भएको संघियता लगायतको विषयलाई मुर्तरुप दिनका लागि संविधानमा ‘मधेश आन्दोलन’ शब्द राख्नु पर्ने सुझाव दिएको छ । त्यस्तै उहाँले अहिलेको संविधानको मस्यौदामा धेरै त्रुटीहरु रहेको जानकारी गराउँदै त्यसलाई सच्चयाउनु पर्ने माग गरेका छन् ।