केहि थारूले नबुझेको कुरा : अहिले थारू आन्दोलन किन भैरहेको छ? अरूको माग प्रदेश छुटाएरै दुई दिनमै सम्बोधन गर्ने यो शासक वर्गले थारूको माग 15औं दिनसम्म आन्दोलन चलिरहदा पनि किन सम्बोधन गर्न मानिरहेको छैन?

केहि थारूले नबुझेको कुरा : अहिले थारू आन्दोलन किन भैरहेको छ? अरूको माग प्रदेश छुटाएरै दुई दिनमै सम्बोधन गर्ने यो शासक वर्गले थारूको माग 15औं दिनसम्म आन्दोलन चलिरहदा पनि किन सम्बोधन गर्न मानिरहेको छैन? सोच्नुभएको छ किन?? किनभन अहिलेे भूमीपुत्र थारूको बसोवास भएको जिल्लाहरुलाई यि शासक वर्गले आफ्नो स्वार्थ पुर्तिको लागि चार टुक्रामा बाडेका छन र हरेक प्रदेशमा थारू अल्पमतमा पारिएका छन् मतलब शासक वर्गका अनुसार अहिलेको जस्तो प्रदेश बनाउन थारू तयार भयो भने कुनैपनि थारूले चुनाब जित्न सक्दैन र राजनितिक आर्थिक हरेक रुपमा सैयौं वर्ष पछाडी पर्ने छन्। थारूहरु के चाहन्छन भने थारू जिल्लाहरुलाई टुक्रा वा खन्डित नपारियोस्, नेपालको आदिवासी भूमिपुत्रको अधिक वसोवास भएको क्षेत्र मिलाएर एउटा प्रदेश निर्माण गरियोस् ताकि परिश्रमी थारू आफैले आफ्नो प्रदेशको निर्माण गर्न सकोस् अनि राष्ट्रलाई बिकशित गर्न सकोस्, आज थारूहरु केही ठूला नेताको स्वार्थलाई बुझी सकेका छन् अत उनीहरु आफ्नो रोटी बेटीको नाता पर्ने थरूहट जिल्लालाई कुनैपनि हालतमा टुक्राउन दिनेवाला छैन्न्।

संघियता(FEDERAL STATE) भनेको के हो?? संघियताको कुरै न बुझी, आफ्नो राज्य सत्ता, आफ्नो प्रभाव गुम्ने हो कि डरले हतास मनिस्थितिका केहि शासक वर्ग, संघियताको उल्टो-पुल्टो अर्थ लगाई, संघियता भनेको देशको टुक्राउनु हो भनेर नेपाल भरी भ्रम फैलाउन खोज्दैछन्, जुन सरासर गलत कुरा हो।

वास्ताबमा संघियता भनेको देश बिकाश गर्ने CATALYST हो, इंडियामा संघियता छ, अमेरिकामा संघियता(FEDERAL STATE) छ, चिनमा संघियता मोडेलको राज्य छ। के तपाईहरुले कहिले सोच्नु भाको छ, चिन र भारत किन यति चाडो विकास गरिरहेको छ? चिनले त झन आर्थिक रुपले अमेरिकालाई पछारी सक्यो तर हाम्रो देश दिन दिनै झन् पछाडी परिरहेको छ। किनभने नेपालीहरु कुरो नबुझी नेताको पछि लाग्छन भने यहँ एक उच्च वर्गका नेताहरु देशको प्रमूख जनसंख्या भएको वर्गहरुलाई अधिकार वा उनिहरुकै शब्दमा भन्नुपर्दा “रौं” पनि दिन चाहदैन्न, नेपाल विकसित होस् कसरी??

उता चिन, अमेरिका भारतमा लगायत कैंयौं विकशित राष्ट्रहरुमा धेरै पहिला FEDERAL STATE बनि सकेका छन्, र अब यी देशहरुको काम मात्र बिकाश गर्नु हो आज जसरी हाम्रो देशमा काण्ड भै राखेको छ यी कुराहरु त्यहाँ पहिले भै सकेका हुन्, र केही सिप न लगेर अन्तत STATE बनायिएका हुन् द्वन्द अन्त्य भएका हुन्। हामी थारू होस कि बाहुन होस् कि छेत्री, राइ, लिम्बु, मगर, दलित होउ कि जनजाती वा मुस्लिम, हामी चाहन्छौ हाम्रो देश सम्वृद्ध होस्, देश धनि होस् तर हामी आफै अरुको लहै लहैमा आएर FEDERAL STATEको बिरोध गर्छौं, केवल केहि सन्की हतास मनिस्थितिका मान्छेका कुरा सुनेर एकअर्कामा आरोपप्रतिआरोप लगाउछौं जुन हामी नेपाली हरुको बानी नै भैसकेको छ। STATE बनाउनु भनेको देश निर्माण काममा सबै प्रत्यक्ष रुपमा लाग्नु हो। आफ्नो आफ्नो राज्य को निर्माण, आर्थिक वृद्धि गरौंउन तिर आफै लाग्नु हो, राज्य सत्ता को हरेक मानिसमा बाडफाड गराएर अपनतव को बोध गरउनु हो, किनभने जब सम्म हामीलाई यो देश हाम्रो जस्तो लाग्दैन तब सम्म हामी त्यसको सुरक्षा गर्दै नौं।

केहि दशक पहिला MALAYASIA नि नेपाल जस्तै गरिब थियो, यसतै आन्दोलन हुन्थ्यो त्यसपछि त्यहाँका प्रधानमन्त्री(नेपालमा राजिव रज्जाक आएको बेलामा भनेको कुरा उ आफै होइन)ले मलेसियाको हरेक स्रोत र साधनमा, सबै हरेक वर्ग मा बराबरी बाडेर लडाई र झगडा को अन्त गरायो र त्यसपछि मलेस्या यस्तो सम्पन्न राष्ट्र भएको हो। तर हाम्रो देशमा केहि शासक वर्ग, आफ्नो निश्चित स्वार्थका लागि, संघियताको मोडेल बनाएर लाधन खोजि रहेको देखिन्छ, उत्पिडित वर्गलाई हक अधिकार र श्रोतको पहुच बाट बन्चित गराई, झन् गरिब बनाउन खोजि रहेको छ, यसको बिरोध गर्नु स्वभावि्कै हो। एकपल्ट सोचौं, “के हामी फेरी बिबादस्पद संबिधान बनाएर १६,००० मान्छेको बलि दिन तयारी त गरिरहेका होइनौ?” विचार पुर्योउनु पर्ने कुरो देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.