टिकापुर घटनाको पेशी सर्दा सामाजिक अभियन्ता सुरेन्द्र चौधरी ज्यु को प्रश्नै प्रश्न।

मेरा अधिवक्ता मित्र हरुले प्रष्ट पार्नु होला !!
अदालतमा पेशीको मिती वा दिन तोकी सकेपछी कस्ले गर्दा पेशी सर्छ ?
मलाई थाहा पाउन मन लागेको कुरा केहो भने टिकापुर घटनाको पेशी भाद्र ९ को लागि तोकिसके पछी रेशम चौधरी जी को अनुरोधमा जेल प्रशासनले वहाँको ओकिल हरुको लागि गाडीको पास र अनुमतीको लागि जिल्ला प्रशासन कार्यलयलाई लेखेको पत्र ७ भाद्र मा नै प्राप्त भएको थियो । पास लिएर वहाँहरु डोटी पुगी सकेको अवस्थामा पेशी सरेको कुरा आए पछी वहाँहरु फर्किनु भयो ।
अहिले जान्न खोजेको कुरा – किन र कुन अवस्थामा पेसी सर्छ ?
कस्ले भनेर वा कस्ले गर्दा पेशी सर्छ ?
अहिले लाई यती मात्रा ।

थरुहथ र जसपा माथि प्रश्न !!!
खिचडी कस्ले पकाइ राखेको छ भन्ने कुरा जान्न मन लागेर शेयर गरेको हुँ ।
आफ्नो सभासदको पेशीको बारेमा जसपा ले पार्टी भित्र किन छलफल गरेन ? जसपा ले छलफल वा कुनै प्रतिकृया दिनु पर्छ कि पर्दैन ?
ठरुहथ -थरुवान मोर्चाका नेताहरु लाई यो कुराको जानकारी थियो कि थिएन ? जानकारी थियो भने किन छलफल भएन ? यदी जानकारी थिएन भने जानकारी गराउने जिम्मेवारी कस्को हो ?
मैले जहिले पनि भन्ने कुरा के हो भने – दुनियाँ सँग खेल्नु होला त्यो तपाईं को कुरा भयो , तर म सँग दाँया-बायाँ , लप्पन -छप्पन कुरा नगर्नु होला । लक्ष्मण जी लाई भन्ने कुरा पनि यही हो , रेशम जी लाई भन्ने पनि यही हो । डा बाबुराम को नयाँ शक्तीमा हुँदा त्यहाका पार्टीका नेताहरु लाई भन्ने कुरा पनि यही थियो । कसैको भावना माथि खेल्ने संस्कार मेरी जीन मै छैन ।
कुरा शीधा गर्दा राम्रो !!

Resham Chaudhary
Resham Chaudhary

Source: Surendra Chaudhary FB Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.