थरूहट आन्दोलनको अपलब्धि

th
तराईको समथर भुभागमा हजारौ वर्ष देखि बस्दै आएका आदिबासी अर्थात मुलबासी थारू हुन्। यसमा दुई मत नहोला। आफ्नो छुट्टै भाषा, सँस्कृति, रहनसहन, रितिरिवाज सँगै मलेरिया सँग जुद्न क्षमता रहेको तराईको उत्तरधिकारी थारू समुदाय हुन् भनी साहित्यकार ब्रायन हुडसनले लेखेको छन्। जुन कुरालाई हामीले नर्कना सक्दैनौ।।

पछिल्लो समय सीमांनकनलाई लिएर आन्दोलनरात थारू सामुदायले, थारू बहुल्या क्षेत्रलाई टुक्राउन नहुने भन्दै आन्दोलनरात छन्। जुन माग एकदमै जायज छ। किनकी कसैले आफ्नो भुगोललाई खण्डित भएको देख्न चाहदैन। आफ्नो भौगोलिक इतिहासको आधारमा आफ्नो पहिचान र अधिकार सुनिश्चित हुनुपर्छ उनीहरूको माग हो। देशको चौथो ठूलो घनत्व ओगेटेको यो सामुदायले नेपालको कुल जनसँख्याको 6.53% हिसा अगोटेको छ। पश्चिमी तराईको जिल्लाहरूमा थारूहारू आत्यधिक मात्रमा बसोबास गर्ने गर्दछन्। यिनै थारू बहुल्य क्षेत्रलाई मिलाएर थरूहट घोषण हुनुपर्छ भनी थारूवानबासीको माग हो।

थारूवानको लागि उठेको आवाज विदेशी डलारको उभज नभई तराईबासीको उन्नति, प्रगति, र समुन्नत भविष्यको लागि हो। तर थरूहट आन्दोलनलाई फ्यकेर पुरानै एकात्मकवादी, सर्वसत्तावादी, तानाशाहीवादी शासन चलाउने दुश्प्रयासले थरूहट राज्यलाई जातिय राज्यको रूपमा व्याख्या गरिएको छ। जातिय राज्य भनेको त त्यो हो जहाँ एउटा मात्र जातिको बसोबस भएको बुझाँउछ जहाँ अरू जातिलाई प्रवेश निषेध गरिएको हुन्छ। तर थरूहट भौगोलिक इतिहास भएकोले यहाँ विभिन्न जातजाति भाषाभाषीको बसोबस गर्दछन्। यिनै पिछडिएको, आल्पमतमा परेका जातिलाई विशेष संरक्षण र अधिकार प्राप्त हुन्छ।

थारूहरूको मुख्य मग थरूहट भुमि नटुक्राउनु हो। तर सीमांनकनको रेखा कोरिदा चार दालले सर्मध्यका चार र पहिचानको पाँच आधारलाई लात्याएर जथाभबी थरूहट भुगोललाई टुक्राटुक्रा परि पहाडमा मिसाउने कार्य सरकार पक्ष बाट भयो। जुन थारूहरूको लागि अमान्य छ। थारूहरूको मुटु कैलाली र कञ्चनपुलाई अग्लाएर पहाडमा गभियो। थारूहरूको भाषा, सँस्कृति, रहनसहनलाई प्रस्तावि प्रदेश पाँचमा बेवास्ता गरियो र ओझेलमा पर्ने षडयन्त्र राचियो फरस्वरूप कैलाली र कञ्चनपुरलाई पहाडमा गभियो। थारूहरूको अधिकार र पहिचानलाई सम्बोधन नै नगरी जबारजस्ती निर्माण गरिएको संविधान कसरी स्विकार्य हुन्छ।

आन्दोलनरत थारू सामुदायको आन्दोलन सतौँ महिनमा चलिरहेको अवस्था छ। तर सरकार मौन छ। बन्द हडतालको स्वरूप परिवर्तन भएता पनि आन्दोलन अझै रोकिएको छैन। तर यति लामो आन्दोलन भईसक्दा पनि अपलब्धि भने शुन्य छ। थारूहरूले पाए त केवाल कर्फ्यु, निषेधित क्षेत्र, बुट, गोलि आदि। टिकापुरको घटना पछि त झनै थारूहरूलाई मान्छे नगन्ने शोषकहरूले थारूहरूलाई बिखण्डनकारी, अंतनकारीको संज्ञा दिए। थारूहरू माथि गरिएको आत्यचार दमान देख्दा प्रश्न खडा भएर आँउछ। के थारूहरू नेपाली होईनन् र ?

आफ्नो पहिचान, आधिकार, अस्तित्वको लागि गरिएको आन्दोलनलाई सरकारले सल्झाउनु भन्दा बल्झाउनु तिर लागेको छ। थारूहरूले उठाएको जायज मागलाई सरकारले सम्बोधन गर्नुको सट्टो सेना, पुलिश, प्रशासन लगाएर बन्दुकको भारमा थारू युवाहरूलाई पक्राउ गरेर चरम यतना दिने तथा झुटा मुद्धा लगाएर खोर भित्र हाल्ने सरकार पक्षबाट भएको छ। पुलिश, प्रशासनको नाममा अंतक सिर्जना गरी थारू सामुदयमा दु;ख दिने कार्य सरकार पक्ष बाट भएको । जुन कार्य आफैमा निन्दनिय र भर्त्सना लायक छ। सरकारले गर्ने तराईबासी माथिको पशु सरहा क्रियाकलाप देखेर पीडाको अनुभुति हुन्छ।

हाम्रो लडाई कुनै जाति विशेष सँग होईन। राज्यको विभेदकारी निती सँग हो। सामनताको लागि हो। स्वतन्त्रको लागि हो। शमान्ती शासकहरू विरूद्ध हो। पहिचान बिरोधी सँग हो। तर शमान्ती सत्ताधरी महत्वाकङछीहरूले थरूहट आन्दोलनलाई लत्याएर उनीहरूको र्मम र भावनालाई कुल्चेर अगाडि बढेको अवस्था छ। आफ्नो अधिकार र पहिचानलाई केही मुठठीभारका मान्छेहरूले तानाशही रूप बाट कब्जा गरेर आत्यचार गरेको अवस्था छ। थरूहट आन्दोलनप्रति ठूलो धोखा र राजनैतिक गद्धारी गर्दे शोषकहरू आगाडि बढेको अवस्था छ।

तराईबासीको भावना विपारित निर्माण गरिएको संविधनले सार्थकता प्राप्त गर्न साक्दैन जुन कुरालाई शोषकहरूले बुझेर बुझ पचाएका छन्। थारू मधेशीलाई पेलेर निर्माण गरिएको संविधानले निकट भविष्यमा ठुलो क्षति निमत्याँउछ जुन यर्थतता पनि हो। जुन कुरालाई हामीले देखिसकेको छौ र भोगिसकेको छौ। अगामि दिनमा तराईबासीलाई बाईपास गरेर गईयो भने देशले असहज परिस्थितिको समना गर्नुपर्ने हुन्छ। जुन देशलाई घातक हुनेछ।

स्मारण रहोस्, एउटा झिल्कोले डढेलो लगाउन साक्छ। झिल्को सानो होस् या ठूलो क्षति उतिकै पुराँउछ। थारूलाई सिधा जाति भनेर हेपियो भने परिणाम भयनक हुन्छ। जुन टिकापुरको घटना बाट देखिसक्यौ। हुन त, भ्यागुतोलाई पनि धेरै हेपेर चलायो भने आँखा मुति दिन्छ भने थारू त मानव हुन्। हेपाईको सिमा नाघ्यो र दमन आत्यचारले बिस्फोट भयो। चेतना भया। – Manoj Tharu

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.