थारु कल्याणकारिणी सभा कतार च्याप्टरले माघी पर्व मनाउदै – सुश्री सुमिता चौधरी सम्मानित

माघी पर्वको अवसरमा थारु कल्याणकारिणी सभा, कतार च्याप्टरको आयोजनामा “जातिय पहिचानको संरक्षण  प्रवर्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण” भन्ने मुल नाराका साथ “माघी पर्व-थारु संवत २६४3” सब्य र भव्य सहित १७ – जनवरी – २०२० शुक्रवारका दिन व्हाइट हाउसमा सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा कतार च्याप्टरका का.सभापति श्री श्यामलाल चौधरीज्यूको अध्यक्षतामा
सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष श्री शिव कुमार भुजेल रहनु भएको थियो ।
विशेष अतिथिहरुमा थारु कल्याणकारिणी सभा कतार च्याप्टरका संरक्षक इंजीनियर सिताराम चौधरी, थारु कल्याणकारिणी सभा कतार च्याप्टरका प्रमुख सल्लाहकार इंजीनियर अन्जनी पंजियार , थारु कल्याणकारिणी सभा कतार च्याप्टरका विशेष सल्लाहकार, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका विशेष सलाहकार तथा पूर्व अध्यक्ष श्री सियाराम चौधरी, समाज सेबी तथा बुद्धिजीवी श्री कमलमणि गुरागाई, प्रवासी नेपाली एकता मंच कतारका प्रतिनिधि श्री धनि लाला राजबंसी, नेपाली जनसम्पर्क समिति कतारका सहमहामन्त्री श्री केदार भुसाल, तराई मधेश प्रवासी मंच कतारका श्री सचिब सुर्य चौधरी, संघिय लिम्बुवान सामाजिक मंच कतारका सचिव नगेन सवा लिम्बु, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका प्रमुख सल्लाहकार श्री देव राज राई, आदिवासी जनजाति महासंघ कतारका संस्थापक सदस्य तथा सल्लाहकार श्री सुक बहादुर तामाङ, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका सल्लाहकार श्री नियम भुजेल, तमु (गुरुङ्ग) समाज कतारका अध्यक्ष श्री भाई काजी गुरुङ, किँरात याक्थुम चुम्लुङ्ग कतारका अध्यक्ष श्री राजेन्द्र साम्यखाम लिम्बु, किँरात राई यायोख्या शाखा कतारका अध्यक्ष श्री बिमल राई,नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष श्री धिरेन तामाङ , प्रवासी भुजेल सेवा समाज कतारका  अध्यक्ष श्री मिलन भुजेल, प्रबासी ताजपुरीया समाज कल्याण परिषदका अध्यक्ष श्री रविलाल ताजपुरीया, न्यु भिजन थारु यूवा समूहका सहसचिब श्री नबिन कुमार चौधरी, ,सर्लाही प्रवासी सेवा समाजका कतारका सल्लाहकार हरिलाल महतो, थारु कल्याणकारिणी  सभा कतार च्याप्टरका सल्लाहकारहरु श्री सत्यनारायण चौधरी , इंजीनियर  अर्जुन कुमार चौधरी, इंजीनियर अरुण भगत , श्री हरि बहादुर चौधरी, श्री देव नारायण चौधरी, थारु कल्याणकारिणी  सभा कतार च्याप्टरका सचिव श्री मनोज चौधरी, कोषाध्यक्ष श्री ओम नारायण चौधरी, सदस्य श्री नरेश चौधरी, श्री दिप नारायण चौधरी, श्री जय नारायण चौधरी, श्री रामानन्द चौधरी, श्री चन्दन चौधरी, श्री धनिराम चौधरी, श्री दिपक चौधरी र श्री दिनेश कुमार चौधरी रहनु भएको थियो

Maghi Qatar 3
Maghi Qatar 1

राष्ट्रिय गीतवाट शुरु भएको कार्यक्रममा  प्रमुख अतिथि श्री शिव कुमार भुजेलज्युले दिप  प्रज्वलन गरी औपचारिक रुपमा कार्यक्रमाको उदघाटन गर्नु भएको थियो । थारु कल्याणकारिणी सभा कतार च्याप्टरका उप महामन्त्रि श्रीमती शान्ति चौधरीज्युले स्वागत मन्तव्य राख्नुका साथै माघी पर्वको वारे प्रकाश पर्नु भएको थियो।
माघी पर्वको वारेमा थारु कल्याणकारिणी सभा कतार च्याप्टरका महिला बिभाग प्रमुख श्रीमती मञ्जु चौधरीज्युले माघी पर्ब र थारु महिलाको सम्बन्ध वारे प्रकाश पर्नु भएको थियो भने थारु कल्याणकारिणी सभा कतार च्याप्टरका सल्लाहकार सत्य नारायण चौधरीज्युले माघी र थारु समुदायको नँया वर्ष वारे प्रकाश पर्नु भएको थियो  ।  कार्यक्रममा प्रमुख अतिथि श्री शिव कुमार भुजेलज्युले हामि आदिवासी जनजातिहरुका हकहित र अधिकार सुनिचित गर्न हामि सबै एक ढिक्का भएर अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो, विशेष अतिथिहरु समाज सेबी तथा बुद्धिजीवी श्री कमलमणि गुरागाई, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका द्वितीय उपाध्यक्ष श्री टंक कुमार खड्का, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका प्रमुख सल्लाहकार श्री देव राज राई, प्रवासी नेपाली एकता मंच कतारका प्रतिनिधि श्री धनि लाला राजबंसी, नेपाली जनसम्पर्क समिति कतारका श्री उपमहामन्त्री केदार भुसाल , संघिय लिम्बुवान सामाजिक मंच कतारका श्री सचिव नगेन सवा लिम्बु, , प्रवासी भुजेल समाज कतारका अध्यक्ष श्री मिलन भुजेल ज्यूले सुभकामना मन्तव्य दिनु भएको थियो ।

शम्भुनाथ नगरपालिका, वार्ड न. ३, सप्तरी निवासी हाल बिरला पब्लिक स्कुल कतारमा अध्यनरत सुश्री सुमिता चौधरी ज्यूले आँल इंडिया सेकेण्डरी स्कुल EXAMINATION (CBSE)-२०१९, GRADE-१० को परिक्षामा ९२.२% र सोही परिक्षाको SOCIAL SCIENCE बिषयमा १००% अंक प्राप्त गरि बिरला पब्लिक स्कुल कतारबाट विशिष्ट श्रेणीमा GRADE-१० उत्रीण गरेको र स्कुलको स्थापना दिवस कार्यक्रमका साथै थारु कल्याणकारिणी सभा, कतार च्याप्टरद्वारा आयोजित विभिन्न कार्यक्रम तथा चाड पर्वहरुमा सहभागी भएर आफ्नो गित र नृत्य कला प्रस्तुत गरेको मा थारु कल्याणकारिणी सभा, कतार च्याप्टरले सम्मान गरिएको थियो ।
सास्कृतिक संयोजक घनश्याम चौधरी , सास्कृतिक उप-संयोजक मनोज चौधरी र कलाकारहरु अरुण कुमार चौधरी, पार्वती चौधरी, नन्द किशोर थारु, मिरा चौधरी, भगवती चौधरी, उपेन्द्र चौधरी, सुरेश चौधरी, आसमा चौधरी, सुमिता चौधरी, दिक्षा, शुसिला, निसा, सुधानंद बिरही ज्यूहरुले सास्कृतिक प्रस्तुति गर्नु भएको थियो।

Maghi Qatar 3
Maghi Qatar 3

थारु कल्याणकारिणी सभा कतार च्याप्टरका संरक्षक इंजीनियर सिताराम चौधरीज्यूले धन्यवाद ज्ञापन गर्नु भएको थियो र कार्यक्रम को समापन थारु कल्याणकारिणी सभा कतार च्याप्टरका का.सभापति तथा माघी पर्व-थारु संवत २६४४ कार्यक्रमका सभापति   श्री श्यामलाल चौधरी चौधरीज्यूको कार्यक्रम समापन गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.