# थारू सम्पदालाई बचाउनु होस्

दाङ ,गढवा गाउँपालिका ३ गोबरडिहामा रहेको एक सय २८ बर्ष पूरानो ५५ झ्याले नामले परिचित दरबार । त्यही ठाँऊका प्रतिष्ठित व्यक्ति स्व .जोखनप्रसाद चौधरीले वि.स.१९४८ मा यो दरबार बनाएका हुन। उनले दरबार बनाउनका लागी भारतको गोरखपुरबाट कालिगढ झिकाएका थिए । यो दरबार बनाउन १० बर्ष लागेको थियो र दरबारमा मासको पीठो,बेलको रस ,भेली ,पिसिएको ढुङ्गा, बालुवा, सुर्कि प्रयोग गरीएको छ ।

राजा महाराजा बस्ने जस्तो दरबार बनाएको र “दरबारमा सिंहको आकृती राखिएको हुनाले” सिंहदरबार सँग प्रतिस्पर्धा गर्न खोजेको जस्ता अभियोगमा स्व .जोखनप्रसाद चौधरीका परिवार सदस्यले तत्कालीन राणा प्रधानमन्त्री मोहन शम्शेरका पालामा मुद्धा समेत खेप्नु परेको थियो । अहीले यो दरबार जिर्ण अवस्थामा छ र यस्को उचित सर्मक्षण र सम्बर्दन

हुन सके यो भोलिका दिनमा एउटा राम्रो पर्यटक गन्तव्यका साथै पुरातात्विक ऐतिहासिक महत्व स्थान बन्ने निश्चित देखिन्छ । #SaveHeritag

Pics. Padam Khanal

Via : #routineofnepalbanda

  1. Tharu Heritage
    Lamahi Dang

    Tharu heritage
    Dang lamahi

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.