‘देश बने थारु पनि बन्छ, देश जले हामी सबै जल्छौं’ – शान्ता चौधरी लेख्छिन्

टिकापुरमा जे भयो गाउँका अबोध थारुहरुलाई अगाडि सारेर भयो। थारु समुदायलाई दमन गर्न, बदनाम बनाउन, देश जलाउन सुनियोजित रुपमा भयो । थारु समुदायलाई अगाडि सारेर भित्रभित्रै हिसा गर्ने र प्रतिकार भन्दै थारुको घर जलाउने दुवै काम सभ्य मानिसले गर्न सक्दैन । यो अपराध हो । यो सबैको छानविन होस । थारु समुदायले अरुको अधिकार खास्ने होइन । थारुमा पनि धनी र गरिब छ । धनीको एउटा जात र गरिबको अर्काे जात बुझौ। पूरै समुदायलाई दोष नदिउँ । अरुले जस्तै अधिकार माग्न थारु एकजुट हुनुपर्छ, सबै समुदायको साथ लिनुपर्छ । देश बने थारु पनि बन्छ, देश जले हामी सबै जल्छौं । थारु नेपालको प्राचीन समुदाय हो। बुद्धको सन्तान भनेर हामी गर्व गर्छौ । यो देश सबै समुदायको हो, मिलेर बस्नुपर्छ भन्ने मान्यता थारुमा छ । धेरै वटा जातिको नेपाल भनेर गर्व गरौं‌ । मिलेर बसौं । थारु कसैका सत्रु होइनन् । जातीय आक्षेप कसैले कसैलाई नलगाउँ । देश हाम्रो साझा हो । जातीय राजनीतिले भलोे गर्दैन । म थारु समुदायको हूँ र थारुलाई बदनाम गर्न खोजिँदा दुख लाग्छ । अपराधी जुन जातमा पनि हुन्छन ।हिंसा हत्या गर्ने मानिसलाई जातीय आँखाले नहेरौं । कुनै विशेष जातको मानिसले हिंसा गर्‍यो नभनौं। जातिलाई दोष नदिऔं । अपराधीको जात हुदैन । अहिले साम्प्रदायिक आगो लगाउन खोजिदै छ । जनतालाई हिंसामा उतार्न खोजिदैछ । सबै सचेत हुनुपर्छ र सबै खालका आन्दोलन शान्तिपूर्ण गर्न अपिल छ
sh

2 thoughts on “‘देश बने थारु पनि बन्छ, देश जले हामी सबै जल्छौं’ – शान्ता चौधरी लेख्छिन्”

  1. नेपालका कुनै पनि कर्मचारी चाहे त्याे निजमती हाेस अथवा गैर सरकारी संघ संस्थामा अावद्द, यदी कुनै राजनैतीक पार्टीकाे सदस्यता लिएकाे छ भने त्यसलाइ तुरुन्त पदवाट खारेज गरेर कारवाही गर्ने अध्यादेश ल्याउनु पर्छ । किनकी भ्रस्टाचार र नाता कृपा तथा भेदभाव त्यहीं वाट सुरू हुन्छ । जसरी प्रत्येक कर्मचारीले अायकर अनिवार्य तिर्नु पर्ने प्रावधान छ त्यसरी नै राजनिती वाट विसुद्द भएकाे हुनु पर्ने प्रावधान हुनु पर्छ । मैले याे लेखेकाे पढदा कस्ताे अच्मम र वाहियात लाग्ला है ? किनकी हामीेले कहिले यस्ताे कल्पना पनी गरेका छैनाैं तर अन्य देशमा हेराैं त के त्यहाँका कर्मचारी ले राजनिती गर्छन? तपाइले कुनै अावेदन भर्दा ब्यवसाय/पेसा साेधिएकाे हुन्छ, त्यसमा कर्मचारी लेख्नु हुन्छ की राजनिती? राजनिती पनि पेसा हाे । एउटा कर्मचारी पेसा राजनिती हुन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.