तिमी कहाँ थियो यत्तिका वर्ष ?
किन चुपचाप थियो यत्तिका वर्ष ?
कसले के दिएको थियो यत्तिका वर्ष ?
कसकाे नुनकाे गुन हाे याे ?
अाज के कुरामा बिमति रह्यो ?
भन, यो समाजमा तिम्रो वस्तबिकता,
कहाँबाट आयो र ?
कसैले खाेल ओढाइदियाे के पाउनु थियो र ?
चुपचाप हेरिरह्यो उसलाई
के लालचा देखायाे तिमी उसैमा माेहित रहिरह्याे ?
फरक होला केही रीति
फरक हाेला केही पहिरन,
फरक हाेला केही खानपिन
तर, एक फेर संसार
हेर त, कति बिबिधता छ संसार ?
तर, बिबिधता भित्र छ हामी बिचकाे अात्मीयता
सदभाव र मानवता
फरक छन मन, फरक छन तन र पनि
हाम्राे अात्म एउटै हाे।
मन फाटेको पीडा, तनलाई थाहा नहुँदो हो,
भावना फाटेको पीडा,
उनीहरुलाई महशुस नभएको होला
किन कि तिम्राे र मेराे भलाे उनीहरूले देख्दैनन् ।
घर फुटेकाे पीडा, समाजलाई सोध …
तिमी अाफ्नाे स्वार्थका लागि याे बिखण्डन गर्यौ
अाफ्नै घर माथि अागाे लगाएर
भिन्नै पहिचान राेज्याै
फाटेको मन अनि भावनालाई
अग्नि कुन्डमा हवन गरी खरानी बनायाै
अनमोल ती रगतका नातालाई
यत्तिकै बर्बाद नगर
अनमोल ती रहर अनि सङ्गै गरेको बाचा
नभुल यो हाम्रो देश हो,
हामी यहाँका नागरिक अाफ्नै पहिचान सहित जिउनु छ ।
By Yam Chaudhary