पारम्पारिक पहिरन छोड्नु हुन्न, यसको जगेर्ना गर्नु पर्छ, समय र अवसर मिले यसको प्रयोग गर्नु पर्छ। यो नारा त थारु अगुवा/बुद्धिजीवि हरुको छँदै छ। अचेलका युवाहरु पाश्चात्य फेसन मात्रै गर्छन, आफ्नो कला संस्कृति बिर्सदै गइ रहेका छन भन्ने गुनासो पनि सुनिन्छ, कोहि विदेश गएर थारु परम्परा बिर्से, थरुपन हरायो भन्ने पनि कटाक्ष गरिन्छ, विदेशमा रहेकाहरुलाई। तर विदेश (अमेरिका)पर्यटकीय स्थल घुम्न पुग्नु भएर पनि थारु पहिरनमा सजिएको फोटो सामाजिक संजालमा हाल्नु भएको छ आसमा चौधरीले, निश्चय पनि यो थारु संस्कृति प्रतिको माया र जहाँ भए पनि, मनमा थारुपन रहन्छ भन्ने संदेश रहेको छ। हजुरको विचार के छ यसमा?


