भलिबल स्टार सरस्वती पनि घाइते

भलिबल स्टार सरस्वती पनि घाइते शिघ्र स्वास्थ लाभको कामना सरस्वती चौधरी ज्यु लाई

राष्ट्रिय महिला भलिबल टोली एवंम् एपिएफकी स्टार सरस्वती चौधरी कम्तीमा तीन साता कोर्ट बाहिर रहने भएकी छिन् । दायाँ खुट्टाको गोलीगाँठामा समस्या भएपछि उनलाई चिकित्सकले कम्तीमा तीन साता आराम गर्न सल्लाह दिएका छन् ।

शनिबार मात्र पर्वतमा नेपाल पुलिस क्लबलाई हराउँदै दिदीबहिनी कप जित्दा सर्वोत्कृष्ट खेलाडी बनेर फर्केकी सरस्वती आइतबार बिहान खुट्टा सुन्निएर हिड्न नसक्ने भएपछि अस्पताल गएकी थिइन् । टोली शनिबार अबेर राती काठमाडौं आइपुगेको थियो ।

‘मरो यो खुट्टामा पहिला देखि नै समस्या छ । पटक पटक बल्झन्छ,’ सरस्वतीले भनिन्, ‘हिजो फाइनल खेल्नुअघि अलिअलि दुःखाई थियो । त्यस्तोमा खेलें, पछि याद भएन । आज त खुट्टा सुन्नेर हिड्नै सकिन । डाक्टरले तीन साता पुरै आराम गर्नुपर्ने भन्नुभएको छ ।’

आफ्नो दायाँ खुट्टाको गोलीगाँठाको हड्डी नै फ्राक्चर भएको त्यसलाई वेवस्ता गर्दै आएकोले पनि पटक पटक समस्या आउने गरेको सरस्वतीले सुनाइन् । ‘शल्यक्रिया नै गर्नुपर्ने हुन सक्छ । फेरि लामो ग्याप होला भनेर शल्यक्रिया गरेको छैन,’ उनले भनिन्, त्यसले पनि पटक पटक बल्झिरहेको छ । यसपटक लिगामेन्ट च्यातिएको छ । ‘

कात्तिकमा थाइल्यान्डमा राष्ट्रिय टोलीको प्रशिक्षणका क्रममा पनि उनको सोही खुट्टामा समस्या भएको थियो । चोटका कारण सरस्वतीले नेपालगन्जमा अर्को साता सुरु हुने प्रधानमन्त्री कपमा खेल्ने छैनन्

Suggested by Shivprakash Chaudhary

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.