सिड्नीमा मनाइयो माघ

थारु समाज अस्ट्रेलियाको आयोजनामा दोस्रो माघी पर्व सिड्नीमा सम्पन्न भएको छ।

Maghi Sydney 1
Maghi Sydney 1Maghi Sydney 1

थारु समुदायको महत्वपूर्ण चाडका रूपमा रहेको माघी पर्वमा थारु समुदायका साथै सिड्नीमा बसोबास गर्दै आएका अन्य नेपाली समुदायको पनि बाक्लो उपस्थिती रहेको थियो।

Maghi Sydney 2
Maghi Sydney 2

सिड्नीको टेम्पे पार्कमा आयोजना गरिएको माघी कार्यक्रममा थारु समुदायका कलाकारहरूले आफ्नो कला संस्कृति झल्कने भेषभूषासहित विविध कार्यक्रमको आयोजना गरेका थिए।

 

Maghi Sydney 3
Maghi Sydney 3

परम्परागत थारु परिकारका साथै थारुहरूको चर्चित परम्परागत लठ्ठी नाचले कार्यक्रम रोचक बनेको थियो।

Maghi Sydney 4
Maghi Sydney 4

समाजका अध्यक्ष दिप नारायण चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

Maghi Sydney 5
Maghi Sydney 5

संस्थाका संचार संयोजक अरुण आर्यन चौधरीले कार्यक्रममा अस्ट्रेलियामा लागेको डढेलो निभाउन खटिएका फायर फाइटरका लागि सहयोग संकलन गरिएको समेत बताए।

Maghi Sydney 6
Maghi Sydney 6

कार्यक्रममा पूर्वदेखि पश्चिमसम्म फैलिएका थारु जातिका पहिरन र पहिचान झल्काउने विविध पहिरन र सामग्रीको समेत प्रदर्शन गरिएको थियो।

Maghi Sydney 7
Maghi Sydney 7

कार्यक्रममा एनआरएनका प्रवक्ता नन्द गुरुङ , एनआरएन आइसिसी भिजिट नेपाल ओसेनिया संयोजक दिनेश पोखरेल, एनआरएन युवा संयोजक इर्शाद अहमद, झापाली समाजका अध्यक्ष उमेश पोखरेल, निम्फाका महासचिव कर्ण राजवंशी, एक्सपर्ट एजुकेसनका निर्देशक सन्जिव शर्मा, जनसम्पर्क समिति एनएसडब्लुका संयोजक इथान शाक्य लगायतले माघीको सफलताको शुभकामना व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.