अग्रासन, मिठो खाने, चेली बेटी सम्झिने दिन!!!
(तपाईंलाई मनपर्ने थारु परिकार के हो?)
आज अतवारीको अग्रासन पठाउने दिन जसलाई फर्हार पनि भनिन्छ। अष्टिम्की र अतवारी ब्रत पछिको दिन लाइ फर्हार भनिन्छ जसमा नुहाई धुवाई गरेर मिठो मिठो परिकारहरु बनाइन्छ। आफ्ना चेली बेटीको घरमा अग्रासनको रुपमा परिकारहरु पठाइन्छ। अग्रासन दिन प्रायः दाजु भाइ हरु जाने गर्छन, नभए परिवारका अन्य सदस्य पनि जान्छन।
अग्रासन लिएर आउने व्यक्तिलाइ छोरि चेलीहरुले अत्यन्त मान सम्मान गर्छन र खुवाउने पिलाउने गर्छन। थारु समुदायमा जाँड दारु सम्मान र अतिथि सत्कारको प्रतिक मानिन्छ, त्यसैले आग्रासन लिएर आउने व्यक्तिलाई मन खोलेर खुवाउने पिलाउनुमा ठुलो आत्मसन्तुष्टि महसुश गर्छन चेली बेटीहरु। यसै कारणले यस दिनलाइ “मतवारी” भन्ने गरेको पनि सुनिन्छ।

