अमेरिकामा शिकागोल्याण्ड थारु सोसाइटीको सामूहिक देउसी भैलो कार्यक्रम हुँदै

नेपालमा तिहारको रमझम शुरु भै सकेको छ । परदेशमा बस्ने नेपालीले यति बेला अवश्य पनि आ–आफ्नो तरिकाले नेपाललाई सम्झिरहेका छन् । जसले जहाँ बाल्यकाल बितायो, आफ्नो उमेरको महत्वपूर्ण हिस्सा जहाँ पार गर्यो त्यो परिवेश कहिल्यै विर्सन सक्दैन । नेपालमा हाँसेका ती सयपत्री र मखमलीको बास्न त यहाँ ल्याउन सकिन्न तर यहाँ पनि फूलाउन सकिन्छ । त्यही प्रयास गरेको छ शिकागोल्याण्ड थारु सोसाइटीले ।
सोसइटीले तिहारको अवसर पारेर सोमबार देउसी भैलो कार्यक्रम गर्ने भएको छ । शिकागोमा पहिलो पटक हुन लागेको सामूहिक देउसी भैलो कार्यक्रममा स्थानीय नेपाली ब्याण्डको विशेष प्रस्तुतिको रहनेछ । त्यसैगरी स्थानीय नेपाली कलाकारहरुले नृत्य तथा गीतहरु मार्फत मनोरञ्जन दिनेछन् । कार्यक्रमलाई थप रोचक बनाउन तिब्बेटन डिजेको समेत सहभागिता रहनेछ भने थारु संस्कृति भल्कने वोकीहुका पनि प्रस्तुत गरिनेछ ।
कार्यक्रमको अवसरमा सांगितिक तथा सांस्कृतिक प्रस्तुतिको मनोरञ्जन लिनुका साथै विशुद्ध नेपाली मौलिक परिकारहरुहरुको स्वाद लिन सकिने सोसाइटीका अध्यक्ष सुरेन्द्र चौधरीले जानकारी दिनु भयो । विशेष गरी तिहारमा खाइने सेलरोटी र बगिया पनि सो अवसरमा खुवाउने पनि उहाँले बताउनु भयो ।
हामी जहाँ बस्छौं त्यही आफ्नो संस्कृति फूलाउनु पर्छ भन्ने सन्देशका साथ आयोजना गरिएको यो कार्यक्रममा सबै वर्गको सहभागिता आह्वान गरिएको अध्यक्ष चौधरीको भनाई छ । उहाँले भन्नुभयो ‘हामीले अनेकतामा एकता ल्याउने कोशिश गरेका छौं ’। सोसाइटीले पहिलो पटक गर्न लागेको सो कार्यक्रम पूर्णरुपमा डोनेसनबाट नै संचालन गरिने समेत उहाँले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.