“कमलरीदेखि सभासद्सम्म” लाई बाङमय पुरस्कार

पूर्व सभासद शान्ता चौधरीको पुस्तक अन्र्तराष्ट्रिय नेपाली वागमय नक्षेत्र पुरस्कार प्रदान गरिने भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली वाङमय प्रतिष्ठान बेलायतले पहिलो वाषिर्क उत्सवको अवसरमा ५० हजार राशीको पुरस्कार ‘कमलरीदेखि सभासद्सम्म’ लाई प्रदान गर्ने घोषणा गरिएको हो । साथै पुरस्कार विजेता चौधरीलाई प्रतिष्ठानको केन्दि्रय कार्यसमितिमा मानार्थ सदस्य मनोनित गरिएको छ ।
पूर्व कमलरी समेत रहनु भएकी एमाले नेता चौधरीले हालै मात्र ‘कमलरीदेखि सभासद्सम्म’ नामक पुस्तक लेख्नु भएको थियो । शान्ता चौधरी जस्ता क्रान्तिकारी हिम्मत र जाँगर भएकी महिलालाई पुरस्कार दिन पाउनु अन्तर्राष्ट्रिय नेपाली वांगमय प्रतिष्ठानकै गौरब भएको र यसले समग्र पिछडिएका नेपाली महिलाहरुको उत्थानमा ठूलो सहयोग पुर्‍याउने संस्थाका अध्यक्ष विकल चन्द्र आचार्यले बताउनु भएको छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.