#Art is a mirror of society #identity
चित्रकला सामाजिक कुरिती,कुसंस्कारप्रति प्रहार गर्ने एक कलात्मक हतियार हुन।यसै हतियारको माध्यमले आफु बाचेका समुदायलाई विकृतिमुक्त बनाई हराभरा बनाउन सकिन्छ।यही चित्रकलाका कलात्मक प्रस्तुतिले थारू समुदायलाई थप सुदृढ अनि कुसंस्कारलाई निर्मुल पार्नुको साथै आफ्नो सान्स्कृतीक परम्परालाई उत्थान गर्ने उदेश्यका साथ अनवरत रूपले लागिरहेकी छीन सप्तरीका चित्रकार निर्मला चौधरी।चित्रकार चौधरीले सामाजिक कुरीतिको बन्धनमा बाधिएर पिजडाको सुगाझै जीवन व्यतीत गर्ने महिलाका स्वतन्त्रता पाउनुपर्ने मुल भाव दर्शाएकी छिन आफ्नो चित्रकला मार्फत। अगामी दिनको लागी हार्दिक शुभकामना।
#Art_Credit:Nirmala Chaudhary(Saptari)