केशरी चौधरी (३ स्वर्ण, १ कास्य)

फुटबल, क्रिकेट र एथ्लेटिक्सका राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी नेपाल पुलिसकी केशरी चौधरीले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३ स्वर्ण र १ कास्य पदक जितेकी छन्। उनले हाइजम्प, लङजम्प र त्रिपल जम्पको महिला इभेन्टमा स्वर्ण पदक जितिन् भने महिला १ सय १० मिटर हर्डल्समा कास्य पदक जितिन्। लङजम्पमा उनले ५.०५ मिटर जम्प गरेकी थिइन् भने हाइजम्पमा १.५४ मिटर जम्प गरेकी थिइन्। त्रिपल जम्पमा भने उनले ११.७६ मिटर जम्प गरिन्। ११० मिटरको हर्डल्समा भने उनी एपीएफ र मध्यमाञ्चल विकास क्षेत्रका खेलाडी भन्दा पछि परिन्। उनले १७.१ सेकेन्डमा दूरी पूरा गरेर कास्य जितिन्।

शनिबार हाइजम्पमा स्वर्ण जित्दै केशरीले सातौं राष्ट्रिय खेलकुद सुरु गरेकी थिइन् । ‘विभागको पदकका लागि’ मात्र आफूले चोटका बाबजुद हाइजम्प खेलेको बताउँदै केशरीले भविष्यमा फेरि उक्त इभेन्टमा फर्कने सम्भावना कम रहेको जनाएकी दिइइन् । आइतबार लङजम्प पनि जितेकी केशरी हर्डल्समा भने सविता चौधरीसँग पराजित भइन् ।केशरीको दु:खेसो यसैमा थियो । उनका अनुसार निर्धारित तालिकाअनुसार १ सय १० मिटर हर्डल्स सोमबार मात्र खेलाइने कार्यक्रम भए पनि आइतबार नै खेल्नुपरेको थियो । ‘रुटिन जुधाएर एकै पटक गराइएका कारण मेरो स्वर्ण पदक गुम्यो, यसमा गम्भीर आपत्ति छ,’ ट्रिपलजम्पको क्रममा पदक लिन पुग्नुपरेकी केशरीले भने, ‘तालिकाअनुसार गराइएको भए म सजिलै जित्थेँ ।’ धनगढीको छैटौं खेलकुदमा उनले २ स्वर्ण जितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.