चितवनदेखि कञ्चनपुरसम्मको जिल्लालाई थरुहट बनाउने ।

sanghiya nepalजित नारायण थनैत
डण्डा , नवलपरासी १२ भाद्र
पहिचान पक्षधरका नेताहरुले चितवनदेखि कञ्चनपुर सम्मको जिल्लालार्ई थरुहट बनाउने उद्घोष गरेका छन् । थारुकल्याणकारी सभा नवलपरासी तथा थरुहट/थारुवान आन्दोलन संयुक्त संघर्ष समीतीको आयोजनामा भएको बृहत बिरोध सभामा नेताहरुले सो कुरा उठाएका हुन्
। आम सभालाई सम्बोधन गर्दै आदिबासी जनजाती राष्ट्रिय आन्दोलन नेपाल निर्देशक समितीका सदस्य तथा जनजातीका अगुवा नेता आङकाजी शेर्पाले हजारौ बर्षको इतिहास बोकेका थारु समुदायलाई उपेक्षा गरेर थरुहट बिनाको संबिधान आए संबिधानसभामा एक मिनेटभित्र जलाई धर्ति टेक्न नदिने चेताउनी दिए । थरुहटलाई बिभाजित गरेर ,आदिबासी जनजाती ,मध्येशी , मुस्लिमलाई बेवास्ता गरी ल्याएको संबिधान किमार्थ स्वीकार्य नहुने बताए । हाम्रा अधिकारहरु शान्तिपूर्ण आन्दोलनबाट , शान्तिपूर्ण बहस पैरबीबाट , कलमले हाम्रो अधिकार , पहिचान , नयाँ संबिधानमा लेख्न चाहन्छौ तर यस देशका शासकहरुले देशका बाह्रमणबादी नेताहरुले हामा्रे शान्तिपूर्ण आन्दोलन, कलमले हामीलाई अधिकार लेख्ने चाहनालाई कमजोर ठान्छन भने हतियार उठाएर हाम्रो अधिकारसहितको संबिधान ल्याउन तयार रहेको शेर्पाले बताए । हक , अधिकार , पहिचान र अस्तित्वको जायजमाग राखी तराईका बाईस जिल्लालगाएत कैलालीमा गरीएको शान्तिपूर्ण आन्दोलन दमान गर्ने , थारु आन्दोलन दबाउने , प्रहरी प्रशासन दमन गर्ने , सेना परीचालनगरी आन्दोलन भड्काउने र उल्टै केपीओलीले थारु आतङ्कारी हुन , देशद्रोही हुन , तिनीहरु देश टुक्राउने हुन् , तिनीहरु दक्षिण भारतबाट आएका हुन भनी दिएको अभिब्यक्तिलाई शेर्पाले खन्डन गर्दै केपीओलीको शाखा सन्तान पश्चिम नेपालबाट हातमा रामायण लिएर आएको र रामायण जनजातीको हातमा
थमाएर राज्य कब्जा गरेको आरोप लगाउदंै अब त्यो रामायण फिर्ता दिएर आवश्यक परे जुनबाटो आएका थिए त्यहीबाटो लखेटेर हामी हाम्रो भुमी फिर्ता लिने झिकिर गरे । यदि पहिचान सहितको थरुहट हुन्न भने एक महिना भित्र थारुले थरुहट कब्जा गर्ने , मगरले मगरात , लिम्बुले लिम्बुवान कब्जा गर्ने छ अनि कब्जागरे पछि लाखौको संख्यामा मार्चपास गर्दै सिंहदरबार प्रर्बेस गर्ने र सिंहदरबार पनि कब्जागरेर पहिचान सहितको संघिय संबिधान घोषणा गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.