थरुहट जिल्लाहरु तिर बाढिपिडित/कमैया कम्लहरीलाई जग्गाको प्रलोभन देखाउदै भोट असुल गर्दै

बर्दिया जिल्लाको भुरीगाउ,बाँसघारि लगायतको नगरपालिका,गाउँघर तिर मतदाता आकर्षित गर्न नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र),नेपाल् लोकतान्त्रिक पार्टी र राप्रपा लगायत दलका केन्द्रीय नेता देखि वडास्तरका नेता कार्यकर्ताहरु दोस्रो चरणको चुनाब नजिकिदै गर्दा हात जोड्दै जनताको दैलोदैलोमा पुग्न थालेका छन ।

बाढीपीडित,घरबार बिहिन,कमैया,कम्लहरी र सुकुम्बासी समस्या व्यवस्थापन गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेर दलहरु जित आ-आफ्नो पक्षमा पार्न चुनावी प्रचार प्रसारमा सक्रिय भएका हुन ।

२०७१ श्रावणको बाढीबाट बर्दियामा करिब तीन हजार ४ सय भन्दा बढी परिवार विस्थापित भएका छन । विस्थापितले पनि आफूलाई पुनर्वास नगराएसम्म मतदान नगर्ने चेतावनी दिन थालेपछि राजनीतिक दलले पनि उनीहरुका एजेन्डा समेटेर चुनावमा होमिएका हुन्।भने यता बिगत लामो समय देखि थारु समुदायमा देखिएको कमैया कम्लहरी प्रथा उन्मुलन भए पनि उनिहरु भुमीहिन रहेको र ती कमिया कम्लहरीहरुको समस्या समाधान गरि दिन्छु ,रोजगारीको ब्यवस्था गरि दिन्छु भन्ने जस्ता मतदाताहरु माझ पहिला देखि नै झुठो प्रलोभन देखाउदै भोट असुल गर्न नेपाल लोकतान्त्रिक,काङ्ग्रेस,एमाले लगायतको दलहरु अहिले फेरि पनि लागी परेका छ्न।

एमाले, काँग्रेस, माओवादी केन्द्र,नेपाल लोकतान्त्रिक र राप्रपाले उठाएका अधिकांश चुनावी मुद्दा  सम्मान छन । उनीहरूले पुनर्वास, लालपुर्जा, सडक निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटनका विषयलाई चुनावी मुद्दासमेत बनाउन थालेका छन । बर्दियामा चुनावमा सहभागिता जनाउन २० दल दर्ता भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.