दुलारी पुस्तकको समिक्षा

नेपालको मधेस फाँटमा बसोबास गर्दै आएको मुसहर जात भएकी एक बालिका, कन्या र आइमाईको जीवन कथा हो दुलारी । दुलारीले उसको, उसको परिवार र पुरै समुदायको परिचय दुलारी पुस्तक मार्फत दिइएकिछे । सो पुस्तकले थारु जातीमा हुने जमिन्दारी प्रथा मुसहर समदाय संग जोडी विस्तृत ढंगले पस्केको छ । मुसहर जातीले आफ्नो जीवन कालमा भोग्ने दुःखै दुःखको बारेमा दर्शएको छ यो पुस्तकले । सुख मुसहर जातीको लागी केवल कल्पना मात्रै हो भनि यो पुस्तकले पुस्टी नै गरेको छ । गाँस, बास र कपासलाई ध्यानमा राखी दुलारीले यस पुस्तकमा मुख्य भुमिका खेलेकीछे । दुलारी बाहेक यस पुस्तकमा उसकि आमा, बुवा, भाई र मामा सबै भन्दा नजिकको नाता पर्ने पात्रहरु रहेका छन् भने उसका साथीहरु र छिमेकमा बसोबास गर्ने काकी, काका, बडकीमाई, भौजी आदि पात्रहरुले पनि अभिनय गरेका छन् । दुलारी, उसकी आमा, बुवा र भाई काम गर्ने गीरहतको (जमिन्दार) परिवारको छोटो परिचय छ यो पुस्तकमा । गिरहतको घरमा उसको स्वास्नी गिरहतिनी, छोरी बिल्टौन र छोरा चन्दु संग दुलारीको संवन्ध पेसिएको छ । थारु जातीमा हुने गीरहत प्रथालाई एकदमै निच ढंगले पस्केकी मुना चौधरी यस पुस्तककी लेखिका हन् ।

नेपालको लहान बजार नजिकैको मुसहर बस्तीमा जन्मिएकी दुलारी र उसको परिवारको पिडै पिडाले भरिएको कथा दुलारी पस्तक मार्फत लेखिकाले हाम्रो खोक्रो समाजको वास्तविक चरित्र प्रदर्शन गर्न खोजेकी छन् । गाँस, बाँस र कपास हरेक मानिसको मुल आवश्यक्ता हुन् । तर उक्त पुस्तकमा दुलारीको परिवार र समुदायले यी मुल आवश्यक्ताका लागी झेल्न परेको संघर्स र पिडाको कुनै पनि समाधान नभएको निश्कर्ष हामी सामु तेर्साएकी छिन् । यस पुस्तकमा मानिस कती सम्म गरिव हुन सक्छ र उसको गरिविको चरम सिमाको हद नाघ्दा सम्मको घटना पढ्न मिल्छ । सो पुस्तकमा जात प्रथा र गरिवीकै कारणले गर्दा हाम्रो समाजमा हजारौ वर्ष देखि चल्दै आएको समाजकि भिन्नता कहिले हटने हो भनि प्रश्नै प्रश्न खडा गरिएको छ । भोकको पिडा, शरिर ढाक्ने लुगाको अभाव र चुहिने छाप्रोको बसोवास, यीनै विषयको यीर्द—गीर्दमा रहि लेखिका मुनाले धनी र गरिवको परिचय दर्शाउन सफल भएकिछिन् । यस पुस्तकमा छुवाछुत, पैत्री सत्ता, वैदेशिक रोजगार, नाजायज संबन्ध, बहकाव—करणी, मादक पदार्थ सेवन, अपहरण र बलात्कार जस्ता सामाजिक समस्या र अपराधलाई पनि मुनाले उघारेकिछन् । बत्ती, पानी, सडक, खेत, शिक्षा, स्वास्थ्य, व्यापार जस्ता विकासका पुर्वाधारका विषयहरु काठमाडौं र लहान नजिकको सानो मुसहर टोल संग तुलना समेत गरेकिछन् मुनाले । द्धन्द्धकालको छोटो परिचय दिई, माओवादीको गरिवी र सामाजिक भिन्नता हटाउने मुल उद्देश्य रहेको र सो उद्देश्यलाई माओवादीले स्वयं गोली हानेको भनेर पनि लेखिकाले लेखेकि छन् ।

जीवनमा पिडै पिडाले गर्दा पाएको मृत्युलाई मिठो उपहार मानिएको यस पुस्तकमा धनीको गोली चल्ने र गरिवको बोली पनि नचल्ने भनि सार दर्शाइएको छ । गरिवलाई सुख भनेको कल्पना मात्रै हो । यथार्थमा त दुखले कसलाई बाकी छाडेको छ र ? गरिव भएर जन्मिनु भनेको पुर्व जन्मको पाप हो अरे । दिनको दुई छाक टार्न पनि अवसर नमिल्ने, शरिरमा नयाँ लुगाको कल्पना पनि गर्न नमिल्ने, घरको त कुरै छाडौ, यो कस्ता मनुष्यको जन्म लिन पर्ने गरिव जातीले ? धनीले सबै प्रकारका सुखको भोग गर्न मिल्ने तर गरिवले जन्मौ जन्म गरिवीको पिडा झेल्न र सहेर बस्न पर्ने ? जातभात छुवाछुत अनी सामाजिक विक्रिती कानुनले नमाने पनि समाजले जान अन्जानमा मान्दै आएको सर्वविवितै छ । यो चलन चल्ती कसले तोड्ने होला र कहिले अन्त्य होला भनि दुलारीले यस पुस्तक मार्फत प्रश्नहरुको थाती हामी समाज सामु राखेकी छन् ।

— देवेन्द्र चौधरी
कृषक, नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.