[पूर्वसचिव पत्नी दुर्घटना प्रकरण]

 

…अनि छोराको शव लिएर जानकी दाङतिर लागे – by मदन चौधरी

पाटन अस्पतालको आकस्मिक कक्षसँगैको प्रहरी कोठा। टेबुलमा विजय चौधरीको शव बुझ्न बनाइएको मञ्जुरीनामा राखिएको छ।

प्रहरीले विजयका बुबा ५० वर्षीय जानकी चौधरीलाई हस्ताक्षर गरेर शव बुझ्न आग्रह गर्दैछन्। जानकी घोत्लिएर त्यो कागज हेर्छन्।
लेखिएको छ–विजय चौधरीको झुन्डिएर आत्महत्या। जानकी मूच्र्छित पर्छन्। आँखा रसाएको देखेर साला श्रीपथ चौधरी सम्हाल्न खोज्छन् उनलाई।

पिठ्युँमा धाप मार्दै साला भन्छन्, ‘जौन हुइना हुगैल भाटु। विजयके कर्म अस्टे रहिन (जे हुनु भइहाल्यो भिनाजु, विजयको कर्म नै यस्तै थियो)।’

टिल्पिल आँखाबाट आँसु झार्दै छोराको ‘मृत्यु प्रमाणपत्र’मा उनले हस्ताक्षर गरे। साक्षीका रूपमा उनका सालाले हस्ताक्षर गरे।

०००

विजयको जन्म लमही नगरपालिका–२ को रनियापुरमा भएको थियो। उनको बनिबुतो गरेर परिवारले गुजारा चलाउँदै आएको थियो।

विपन्न आर्थिक अवस्था भएपनि बालबच्चालाई पढाउनुपर्छ भन्ने चेत जानकीमा थियो। त्यही भएर स्कुल जाने उमेर भएपछि उनले विजयलाई नजिकैकौ स्कुलमा भर्ना गरिदिए।

तर, कक्षा ७ पढ्दापढ्दै उनले स्कुल छाडे। ‘पढाइमा ठिकै थियो, एक्कासी स्कुल आउन छाड्यो,’ ६ कक्षासम्म सँगै पढेका प्रकाश सत्गौँवाले भने। उनका अनुसार विजयको व्यवहार समाचारमा आएजस्तो थिएन। ‘अरुको हत्या गरेर आत्महत्या? त्यो त कल्पना बाहिरको कुरा भयो,’ टेलिफोनमा प्रकाशले सुनाए।

बुबाको सल्लाह अनुसारै विजय १५ वर्षको हुँदा दाङबाट ललितपुर, सानेपास्थित कार्कीको निवास आएका थिए। कार्की परिवारको सबै घरायसी काम विजयले हेर्थे। उनको कामबाट कार्की दम्पती पनि खुसी थिए।

पढाइ छाडेपछि विजयले घरकै काममा सघाउन थालेका थिए। एकदिन ‘पटु’ भनिने आश्विन चौधरीले विजयका बुवालाई पूर्वसचिव अर्जुन कार्कीको घरमा काम गर्ने मान्छे चाहिएको कुरा सुनाए।

त्यति मात्र होइन, काम गरेबापत पछि सरकारी जागिर लगाइदिने कुरा पनि सुनाए। छोराको भविष्य राम्रो होला भन्ठानेर उनी छोरालाई काठमाडौं पठाउन राजी भए।

पूर्वसचिव कार्की दाङको प्रगन्ना कुलो सिँचाइ आयोजनाको प्रमुख हुँदा आश्विनसँग चिनजान भएको थियो। कार्कीसँग आश्विनको राम्रो सम्बन्ध थियो। विश्वासपात्र भएकै कारण कार्कीले घरमा काम गर्ने मान्छे खोज्न भनेको आश्विनका नजिकका साथी सुनाउँछन्।

बुबाको सल्लाह अनुसारै विजय १५ वर्षको हुँदा दाङबाट ललितपुर, सानेपास्थित कार्कीको निवास आएका थिए। कार्की परिवारको सबै घरायसी काम विजयले हेर्थे। उनको कामबाट कार्की दम्पती पनि खुसी थिए।

घरको गर्जो टार्न विजयले कहिलेकाहीँ पैसा पठाइदिन्थे। उनका बुबा कहिलेकाही काठमाडौैं आउँदा कार्की निवासमै बस्ने गर्थे। छोराको भविष्य राम्रो हुन्छ भनी ढुक्क रहेका जानकीले दाङबाट बेलामौकामा दाल, तेललगायत सामग्री पठाइदिन्थे।

बरु श्रीमतीलाई ढाँटे, ‘छोराको दुर्घटना भा’छ रे। अस्पताल भर्ना भएको छ। म बिहानै काठमाडौं जानुपर्छ।’
जेनतेन घरको गर्जो दार्दै आएका थिए जानकीले। त्यही भएर विजयले कति तलब पाउँछन् वा पाउँदैनन् भनी उनले कहिल्यै सोधेनन्। तर, उनको इच्छा चाहिँ वाचा गरेअनुसार सरकारी जागिर लगाइदिए हुन्थ्यो भन्ने थियो। त्यो इच्छा पूरा नहुँदै विजयले संसार त्यागे। त्यो पनि आफ्नो नाममा ‘अपराधी’को ट्याग लगाएर।

०००

सोमबार दिउँसो पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या गरी विजय चौधरीले आत्महत्या गरेको समाचार भाइरल बनेको थियो। लमही नगरपालिका–२ का वडाध्यक्ष नेपालु चौधरी त्यो समाचार पढेर अत्तालिए।

तत्कालै उनले विजयका बुबा जानकीलाई खबर सुनाए। खबर सुनेर जानकी हडबडाए। तत्काल छोराको नम्बर डायल गरे। मोबाइलमा सम्पर्क हुन सकेन।

उनले साला श्रीपथबाट छोरा विजयबारे पत्ता लगाए। उनले सुनेको समाचार सत्य सावित भएपछि रातभरि सुत्न सकेनन्।

साताअघि छोराले टेलिफोन गरी तोरीको तेल र मसुरोको दाल ल्याइदिनु भनेको कुरा उनको मनमा गुन्जिरह्यो। घरमा बिरामी श्रीमती पार्वती र दुई छोरालाई केही भनेनन्। बरु श्रीमतीलाई ढाँटे, ‘छोराको दुर्घटना भा’छ रे। अस्पताल भर्ना भएको छ। म बिहानै काठमाडौं जानुपर्छ।’

जानकी मंगलबार बेलुकी काठमाडौं पुगे। बुधबार बिहानै जिल्ला प्रहरी कार्यालय जावलाखेल गए। छोराको अवस्थाबारे सोधीखोजी गरे। प्रहरी निरीक्षक सुरेशराज भट्टले विजयले आत्महत्या गरेको र शवलाई पाटन अस्पतालमा राखिएको जानकारी गराए। त्यहाँ पुग्नुअघि जानकीले समाचारका हरेक अक्षर पढ्न भ्याएका थिए।

जानकी सबैलाई विजय अब यो दुनियाँमा छैन भनी महसुस गराउन चाहन्छन्। ‘पशुपतिमा दाहसंस्कार गरेर कुरिबसेकी श्रीमतीको आशा मेटाउन सकिन्छ र?,’ उनी प्रश्न सोझ्याउँछन्।
छोराकै बदनाम हुनेखालको समाचारले दिक्क बनेका उनी प्रहरी कार्यालयमै धर्ना बसे। उनी प्रहरीसँग न्याय मागिरहे। जानकी तबसम्म प्रहरीकहाँ बसे, जबसम्म प्रहरीले सिसिटिभी फुटेज देखाएनन्। ‘सिसिटिभीमा केही चिज सफा देखिएन। मुना कार्कीमाथि कोही जाइ लागेजस्तो देखिए पनि त्यो मेरा छोरा नै हो भनेर कसरी पत्याउँ?,’ पाटन अस्पताल प्रागंणमा उनले भने।

मुनालाई हत्या गरे पनि उसले आत्महत्या कसरी गर्‍यो? जानकीलाई यही हुटहुटीले बेचैन बनाएको छ। जसको चित्तबुझ्दो जवाफ प्रहरीले पनि दिन सकेको छैन।

‘सिसिटिभी हेरेर शव बुझ्न राजी त भएँ। तर, प्रहरीलाई अनुसन्धान गरिदिन भनेको छु। यो ‘आत्महत्या’ हुनै सक्दैन भनेको छु। गरिब मान्छे, धेरै जालझेलमा फस्न चाहँदिनँ,’ निरास जानकी सुनाउँदै थिए।

….

जानकीले शव बुझे पनि दाङ कसरी पुर्‍याउने समस्या भयो। दाङ लैजान शववाहनले कम्तीमा १८ हजार माग्यो। मजदुरी गरेर खाने मान्छे कहाँबाट त्यत्रो पैसा ल्याउनु।

अस्पतालका मान्छेले पशुपतिमा अन्तिम संस्कार गरिदिन सुझाए। उनले बिमार श्रीमती सम्झिए, दुई छोरा सम्झिए र गाउँलेलाई सम्झिए। जानकी सबैलाई विजय अब यो दुनियाँमा छैन भनी महसुस गराउन चाहन्छन्। ‘पशुपतिमा दाहसंस्कार गरेर कुरिबसेकी श्रीमतीको आशा मेटाउन सकिन्छ र?,’ उनी प्रश्न सोझ्याउँछन्।

‘हत्या, आत्महत्या आफ्नो ठाउँमा होला। तर, अन्तिम सत्य अब मेरो छोरा हामीमाझ छैनन्। त्यो महसुस मैले मात्र गरेर हुँदैन। गाउँ लगेपछि कुरिबसेका उनका आमाले सुमसुम्याउँछिन्, रुन्छिन्, चिच्याउँछिन्, सँगै गाउँलेहरू पनि त रोलान्। सबैले विजयको शवसँग अन्तिम भेट गर्न पाउँछन्। त्यही भएर छोराको शव गाउँमै लैजान चाहन्छु,’ लतपतिएको ओठबाट उनले यी शब्दहरु निकाल्दा साला श्रीपथ पनि भावविह्ल बने।

त्यसपछि शववाहनमा छोराको शवसँगै जानकी दाङ लागे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.