मुनाको लार कथाको सफलता

मुना उत्कृस्ट कथा लेखन २०७७ को पहिलो विजेता भईन साथै १ लाख पुरस्कार पनि पाइन्। सामाजिक संजाल भरि बधाई दिने हरुको लर्को लाग्यो तर मैले भने राष्ट्रिय स्तरमा लेखिएको कथा जसले पहिलो स्थान जोगाउन सफल भयो त्यो कथा कस्तो होला भनि चिन्तन गरिरहे। आफ्नै थारु चेलीले लेखेको कथा नेपालकै उत्कृस्ट कसरी भन्ने सद्मा लागेको थियो मलाई। तुरन्तै कथाको खोजीमा लागिहाले। बार्हखारिको एप र वेबसाइट मा छ भनि संजाल मार्फत नै पत्तो लागो। मोबाइल मा बार्हखारिको एप इन्स्टल गरे तर एप भने चल्न मानेन। वेबसाइट खोले, त्यहाँ कथा को डिजिटल बुक डाउनलोड गर्ने लिंक दिएको थियो, लिंक लाई थिचे, आफ्नो जानकारी हाल्नु भन्यो, हाले तर वेबसाइट ले डाउनलोड लिंक इमेल मा पठाएको जानकारी मात्रै दियो। इमेल खोलेर हेर्दा कथा भेट्दै भेटिन। थुप्रै चोटी प्रयास गरे। असफल भए।
मुना संग मेरो कुनै चिनजान छैन। मुना को दुलारी पुस्तक को विमोचन हुदा पहिलो पटक सामाजिक संजालमा देखेको थिए। मुनालाई मैले त्यहि बेला साथी बनाइ पछ्याएको पनि थिए। दुलारी किताब पढ्नु मलाई एकदम मन थियो। बुटवल जादा स्टेसनरी मा किताब सोधेको थिए तर पाइन। भो पछि काठमाडौँ जादा किन्छु भनि मन लाई मनाए। किताब त पढ्न पाइएन कथा पनि पढ्न समयमा अवसर नमिल्ने भो भनि मन खिन्न भो।
मुना लाई कहिलेकाही सामाजिक संजाल मा अनलाइन देख्ने गर्थे, यसो मेसेन्जर मा मेसेज हालुम्न प्रतिक्रिया दिहाल्छिन कि भनि हल्दिहाले। बेलुकी मुनाको प्रतिक्रिया आयो। सफ्ट कपि छैन भनिन। एप वा वेबसाइट को इशारा गरिन। मैले भने वेबसाइट बाट डाउनलोड गर्ने प्रयास निकै चोटी गरे। ठिकै छ कुनै न कुनै दिन मिल्छ होला नै भनि बार्हखरीको व्यवस्थापन टिम लाई किताब को बारेमा गुनासो हाले। बार्हखरी को प्रतिक्रिया आयो। स्पाम फोल्डर चेक गर्नु भन्यो। मैले तुरुन्तै स्पाम चेक गरे। बार्हखरी को बिसौ इमेल फेला पर्यो। कथा को किताब डाउनलोड गरिहाले।
बिहानै काम गर्न जानु परेकोले मुना को कथा लार केहि छिन पछि खाना खाई वरी पढे। कथाको सुरुवात कामुक पृष्ठभूमी बाट गरिएको भएता पनि अन्त्य भने अतिनै हृदयविदारक लाग्यो। कथ्य, शिल्प, समय संदर्विक, भूगोल, भाव, काल्पनिकी, भोगाई, स्पष्टता ले भरिपूर्ण छ लार कथा। सर्वगुण ले भरिएकोले नै होला यस कथा लाई बार्हखरी ले उत्कृस्ट कथा रोजेको। हजुर ले नि पढ्न न छुटाउनु होला।

मुनालाई मेसेंजेर मार्फत बधाई दिए।

मुनाको कमपिटितिव भावना लाई म कदर गर्छु अनि सलुट पनि। मुनाको जीवन सफ़ल्तै सफलता ले छावोस। मुना को दुलारी किताब थुप्रै डट कम बाट अनलाइन अर्डर गरिसकेको छु। चाडै पढ्न पाइयोस दुलारी पनि।

थारु समुदायको इतिहास जति पुरानो भएपनि यस समुदायको भाषा, संस्कृति, साहित्य, पहिरन र पहिचान जोगाइदिने कुनै नेतृत्व ले जन्म लिएको छैन। यस समुदायको आड ली थुप्रैले राजनीति गरेता पनि यसको पहिचान अझै पनि धरातलमै रहेको छ। हरेक छेत्र मा अग्र पंक्ति मा रहेको भूमिपुत्र कहलिने थारु समुदाय फितलो सामुदायिक व्यवस्थापनले गर्दा पछि पर्दै गैरहेको तथ्य सर्वविवितै छ।
साहित्य छेत्र मा जति धनि भएता पनि थारु समुदाय संग सम्बन्धित लेख पढ्न सजिलै भने पाइदैन। नेपालमा रहेका थारु पत्रकार, लेखक र साहित्यकारहरु औलामै गन्न सकिन्छ। थारु समुदाय बारे जति अन्य जाति ले लेखेका छन त्यति आफ्नै समुदायका साहित्यकारहरुले दर्शाउन भने सकेका छैनन्। साहित्य छेत्र लाई अगाडी बढाउनमा विफल हुनु नै थारु समुदायको अन्य छेत्रलाई अगाडी बढाउनमा विफल हुनु हो। तसर्थ यस समुदाय को वास्तविक विकास हेर्न चाहने हो भने साहित्य छेत्र मा जोड दिनुनै पर्छ।
साहित्य क्रिटिकल थिन्किंग को मुख्य जग हो। साहित्यले संसार को बारेमा आलोचनात्मक रूपमा सोच्न प्रेरणा दिन्छ। साहित्य सबै ज्ञानको जग पनि हो र यसको सहि उपयोगले मानव जाती लाई ठुलो संख्यामा फाइदा पुर्याउदै आएको छ। साहित्यले लाखौ विचारहरु जोड्ने कार्य गर्छ।

थारु समुदायको साहित्य छेत्रलाई विकास गर्न धेरै मुना हरुको आवस्यकता छ। मुना को यो प्रेरणा ले यस समुदायमा मुनै मुना पलावोस र समुदाय अगाडी बढोस भनि कामना गर्दछु।

देवेन्द्र चौधरी

पि एस : मुनाको लार कथा तलको लिंक मार्फत डिजिटल बुक डाउनलोड गरि १९५ औ पृष्ठ तिर पढ्न मिल्छ।
https://bit.ly/2BeNGZh
साथै बार्हखारिको एप वा वेबसाइट मार्फत डिजिटल बुक डाउनलोड गरि पढ्न सक्नु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.